News

अब पढेको कुरा कहिल्यै बिर्सिनुहुनेछैन

February 17, 2026

के तपाईंले कहिले विचार गर्नुभएको छ? आज दिनभरि लगाएर घोकेको "नेपालको भूगोल" वा "इतिहास" का मितिहरू, पर्सिपल्ट जाँच लिँदा किन दिमागबाट गायब हुन्छन्?

धेरै विद्यार्थीलाई लाग्छ— "मेरो दिमाग कमजोर छ।" तर होइन! विज्ञान भन्छ, मानिसको दिमागले २४ घण्टाभित्रै पढेको कुराको ७०% हिस्सा बिर्सिन्छ। यसलाई "Forgetting Curve" भनिन्छ।

यही समस्यालाई सधैँका लागि अन्त्य गर्न, Aayog Tayari Notes ले नेपालमै पहिलो पटक लिएर आउँदैछ— Smart Revision Hub

के हो यो Smart Revision System (SRS)?

यो एउटा यस्तो "स्मार्ट शिक्षक" (AI) हो जसले तपाईंको दिमाग पढ्न सक्छ। यसले तपाईंलाई सबै प्रश्न एकैचोटि थोपर्दैन, बरु तपाईंले कुन कुरा बिर्सिन लाग्नुभएको छ, ठ्याक्कै त्यही बेला सम्झाउँछ।

यसले कसरी काम गर्छ?

यसले तपाइले गलत गरेका र प्रश्नको उत्तर दिन समय लगाएका प्रश्नलाई तपाइकै लागि सम्झेर राख्छ ! र त्यसलाई पछी यसरी देखाउँछ जसरी वैज्ञानिकहरुले मानिसको दिमागले कुनै पनि कुरा कसरी लामो समय सम्झिन सक्छ भनेर परिभाषित गरेका छन् !

साथै हामीले Test दिने screen मा एउटा "Recall Button" (घडीको आइकन) थपेका छौँ। जब तपाईं कुनै सेट (Test) दिँदै हुनुहुन्छ:

१. महत्वपूर्ण लागेमा: कुनै प्रश्न गाह्रो लाग्यो वा पछि दोहोर्याउन मन लाग्यो भने, त्यो "Recall Icon" मा थिच्नुहोस्। 
२. स्मार्ट एल्गोरिदम: अब हाम्रो सिस्टमले त्यो प्रश्न तपाईंको Smart Revision Hub मा सुरक्षित गर्छ। 
3. वैज्ञानिक तालिका:

  • तपाईंले आज मिलाउनुभयो भने, एपले ३ दिनपछि मात्र सोध्छ।
  • फेरि मिलाउनुभयो भने, ७ दिनपछि
  • त्यसपछि १६ दिन, अनि ३५ दिन...
  • तर, यदि बिगार्नुभयो भने? एपले भोलि नै तपाईंलाई त्यो प्रश्न रटाउँछ!

तपाईंलाई के फाइदा छ?

  • समयको बचत: आउने प्रश्न बारम्बार पढेर समय खेर फाल्नु पर्दैन। नआउने (Learning) प्रश्नमा मात्र समय दिनुहोस्।
  • Exam को डर हट्छ: परीक्षा आउनु अघि नै तपाईंको "Mastery Level" १००% पुग्दा तपाईंमा आत्मविश्वास बढ्छ।
  • दिगो सिकाइ: यो रट्ने होइन, दिमागमा सधैँका लागि "छाप्ने" वैज्ञानिक तरिका हो।

Aayog Tayari Notes अब  तपाईंको Pass हुने सारथी बन्दैछ।

Coming Soon! तपाईंको एप छिट्टै अपडेट हुँदैछ। तयार रहनुहोला!

Prepare Better

Get Daily Updates

Open App