No. 1 Self Learning Platform

लोक सेवा तयारी
अब झन् सजिलो!

Join thousands of students preparing for Kharidar, NaSu, and Officer exams with our comprehensive courses and daily updates.

20k+
Questions
500+
Tests
Daily
Current Affairs
Loksewa Online Exam App Interface
Premium Packages

Complete Preparation Bundles

Contains 4 Courses

Start Preparing Yearly Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Contains 6 Courses

Start Preparing शिक्षक सेवा : प्रथम पत्र २०८३

  • शिक्षक सेवा : प्रथम पत्र (सामान्य ज्ञान)
  • शिक्षक सेवा : प्रथम पत्र (शिक्षा सम्बन्धि आधारभूत ज्ञान)
  • शिक्षक सेवा : प्रथम पत्र (IQ)
  • शिक्षक सेवा : प्रथम पत्र (सूचना तथा सञ्चार प्रविधि )
  • शिक्षक सेवा : प्रथम पत्र (संविधान र ऐन नियम)
  • Old Questions
  • Current Affairs PDF Included
Contains 4 Courses

Start Preparing Monthly Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Contains 4 Courses

Start Preparing 3 Month Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Daily Updates

Current Affairs

IMPORTANT

नोबेल पुरस्कार २०२५

👍 93 Helpful
IMPORTANT

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

👍 48 Helpful
IMPORTANT

नेपाल र साउदी अरेबिया बीच श्रम सम्झौतामा हस्ताक्षर

👍 48 Helpful
IMPORTANT

३० औं कोप सम्मेलन २०२५

👍 47 Helpful
IMPORTANT

विभिन्न सूचकांकमा नेपालको पछिल्लो स्थान

👍 42 Helpful
IMPORTANT

महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा समूह चरणबाटै बाहिर

👍 37 Helpful
Promotional Banner

Popular Courses

Topic-wise notes & practice sets

Daily Test

Daily Test
110 Sets 401 Qs
17968 Students Attempted View Details

Gorakhapatra

Gorakhapatra
22 Sets 436 Qs
3993 Students Attempted View Details

Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)

All
389 Sets 9347 Qs
3543 Students Attempted View Details

Old Questions

All
30 Sets 848 Qs
1347 Students Attempted View Details

Current Affairs Tests

All
25 Sets 562 Qs
741 Students Attempted View Details

द्वित्तीय पत्र : Topic अनुसार लेख संग्रह

Officer
0 Videos 0 PDFs
Popular Course View Details

Exam Articles & Notices

Guides, notices & preparation tips

Gorakhapatra

गोरखापत्र वस्तुगत : २०८२ फागुन ६

१. भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? उत्तर: १०९ औँ (१८२ देशमा)ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुअरी १० मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ मा नेपालले यो वर्ष ३४ अङ्क प्राप्त गरेको छ।नेपालले गत वर्ष पनि ३४ अङ्क नै प्राप्त गरेको थियो।गत वर्षको तुलनामा अङ्क समान भए पनि नेपालको वरीयता भने खस्किएको छ।गत वर्ष १०७ औँ स्थान (१८० देश) मा रहेको नेपाल यस वर्ष १०९ औँ स्थान (१८२ देश) मा रहेको छ।२. सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ? उत्तर: विसं २०८२ माघ २९सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले दिएको अधिकार प्रयोग गरी जङ्गली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधनको हानि नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लेखेट्न वा पक्रन सक्ने छ।३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विसं २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो ? उत्तर: सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेका छैनन्।यो मूल्याङ्कन आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुने छ।दोस्रो स्थानमा कोशी र तेस्रोमा बागमती प्रदेश रहेका छन् भने सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ।महानगरपालिकामध्ये विराटनगर पहिलो र स्थानीय तहमध्ये अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल साबित भएको छ।४. अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ? उत्तर: सन् २०२६ फेब्रुअरी ५सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विज्ञहरूले आशङ्का व्यक्त गरेका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको अवधि विस्तार गर्न तयार रहेको जनाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्ने योजनाको सङ्केत गरेका छन्।न्यु स्टार्ट सम्झौताले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षक तथा १५५० आणविक हतियारमा सीमा लगाएको थियो।५. आईसीसी टी–२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ? उत्तर: सन् २०२६ फेब्रुअरी ७ – मार्च ८यस विश्वकपको आयोजक राष्ट्रहरू भारत र श्रीलङ्का हुन्।प्रतियोगितामा कुल २० सहभागी राष्ट्रहरू रहनेछन्।नेपाल टी–२० विश्वकपमा तेस्रो पटक (सन् २०१४, २०२४ र २०२६) सहभागी भएको हो।६. नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ? उत्तर: ६ अर्ब ९८ करोड २६ लाख रुपियाँगत आवको पहिलो ६ महिनामा नेपालबाट ४ अर्ब ५७ करोड ३८ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो, जसको तुलनामा यस वर्ष ५२.६६ प्रतिशतको वृद्धि भएको छ।विभागको तथ्याङ्क अनुसार हालसम्म २२,४३९ जना विदेशी कामदारले नेपालमा श्रम इजाजत लिएका छन्।नेपालमा काम गर्ने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देश पठाउन पाउने व्यवस्था छ।७. दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ? उत्तर: बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)बीएनपीले कुल २९९ सिटमध्ये २०१ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ।यससँगै १५ वर्षपछि पुनः यो पार्टी सत्तामा फर्किन सफल भएको छ।निर्वाचन सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न भएको थियो।८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? उत्तर: श्री ५ राजेन्द्र९. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ ? उत्तर: तिलौराकोट, कपिलवस्तु (विसं २०८२ माघ)कपिलवस्तु सहरको तिलौराकोटमा फेला परेको यो अद्वितीय मन्दिरले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि र दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थमार्गमा यसको महत्त्वलाई थप पुष्टि गर्ने छ।१०० बिगाहा क्षेत्रफल ओगटेको तिलौराकोटमा हाल करिब ३४ बिगाहा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ।१०. फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको शासन सत्ता कसले सम्हालेका थिए ? उत्तर: नेपोलियन बोनापार्ट११. नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ? उत्तर: उष्ण मनसुनी हावापानी१२. पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ? उत्तर: पृथ्वी, जल, तेज, वायु र आकाश१३. नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? उत्तर: विसं २०८२ माघ २६, माडी, चितवनबागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन भएको हो।सम्मेलनमा सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता र चुनौतीबारे छलफल भएको थियो।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित सूचीमा राखेको छ।हाल सालक लोपोन्मुख अवस्थामा छ।१४. सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ? उत्तर: कर्णाली प्रदेश१५. नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो ? उत्तर: विसं २०८२ वैशाख २१६. नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ? उत्तर: विसं २०८१ चैत २१७. एसियाली विकास बैङ्कको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन् ? उत्तर: अर्थशास्त्री सोना श्रेष्ठउहाँको नियुक्ति विसं २०८२ माघ २९ (सन् २०२६ फेब्रुअरी १२) मा भएको हो।उहाँले नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का हेर्ने गरी एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने छ।२३ वर्षदेखि एडिबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो।१८. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ? उत्तर: बेलायत१९. सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? उत्तर: मछिन्द्र फुटबल क्लब (उपविजेता : एपीएफ क्लब)विसं २०८२ फागुन ४ मा सम्पन्न फाइनलमा मछिन्द्रले एपीएफलाई ३–१ गोल अन्तरले हराएको हो।मछिन्द्रले उपाधिसहित १५ लाख र एपीएफले ७ लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।प्रतियोगितामा पेमा तामाङ सर्वोत्कृष्ट खेलाडी र विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए।

Feb 18, 2026 Read Article →
News

अब पढेको कुरा कहिल्यै बिर्सिनुहुनेछैन

के तपाईंले कहिले विचार गर्नुभएको छ? आज दिनभरि लगाएर घोकेको "नेपालको भूगोल" वा "इतिहास" का मितिहरू, पर्सिपल्ट जाँच लिँदा किन दिमागबाट गायब हुन्छन्?धेरै विद्यार्थीलाई लाग्छ— "मेरो दिमाग कमजोर छ।" तर होइन! विज्ञान भन्छ, मानिसको दिमागले २४ घण्टाभित्रै पढेको कुराको ७०% हिस्सा बिर्सिन्छ। यसलाई "Forgetting Curve" भनिन्छ।यही समस्यालाई सधैँका लागि अन्त्य गर्न, Aayog Tayari Notes ले नेपालमै पहिलो पटक लिएर आउँदैछ— Smart Revision Hub।के हो यो Smart Revision System (SRS)?यो एउटा यस्तो "स्मार्ट शिक्षक" (AI) हो जसले तपाईंको दिमाग पढ्न सक्छ। यसले तपाईंलाई सबै प्रश्न एकैचोटि थोपर्दैन, बरु तपाईंले कुन कुरा बिर्सिन लाग्नुभएको छ, ठ्याक्कै त्यही बेला सम्झाउँछ।यसले कसरी काम गर्छ?यसले तपाइले गलत गरेका र प्रश्नको उत्तर दिन समय लगाएका प्रश्नलाई तपाइकै लागि सम्झेर राख्छ ! र त्यसलाई पछी यसरी देखाउँछ जसरी वैज्ञानिकहरुले मानिसको दिमागले कुनै पनि कुरा कसरी लामो समय सम्झिन सक्छ भनेर परिभाषित गरेका छन् !साथै हामीले Test दिने screen मा एउटा "Recall Button" (घडीको आइकन) थपेका छौँ। जब तपाईं कुनै सेट (Test) दिँदै हुनुहुन्छ:१. महत्वपूर्ण लागेमा: कुनै प्रश्न गाह्रो लाग्यो वा पछि दोहोर्याउन मन लाग्यो भने, त्यो "Recall Icon" मा थिच्नुहोस्। २. स्मार्ट एल्गोरिदम: अब हाम्रो सिस्टमले त्यो प्रश्न तपाईंको Smart Revision Hub मा सुरक्षित गर्छ। 3. वैज्ञानिक तालिका:तपाईंले आज मिलाउनुभयो भने, एपले ३ दिनपछि मात्र सोध्छ।फेरि मिलाउनुभयो भने, ७ दिनपछि।त्यसपछि १६ दिन, अनि ३५ दिन...तर, यदि बिगार्नुभयो भने? एपले भोलि नै तपाईंलाई त्यो प्रश्न रटाउँछ!तपाईंलाई के फाइदा छ?समयको बचत: आउने प्रश्न बारम्बार पढेर समय खेर फाल्नु पर्दैन। नआउने (Learning) प्रश्नमा मात्र समय दिनुहोस्।Exam को डर हट्छ: परीक्षा आउनु अघि नै तपाईंको "Mastery Level" १००% पुग्दा तपाईंमा आत्मविश्वास बढ्छ।दिगो सिकाइ: यो रट्ने होइन, दिमागमा सधैँका लागि "छाप्ने" वैज्ञानिक तरिका हो।Aayog Tayari Notes अब  तपाईंको Pass हुने सारथी बन्दैछ।Coming Soon! तपाईंको एप छिट्टै अपडेट हुँदैछ। तयार रहनुहोला!

Feb 17, 2026 Read Article →
Gorakhapatra

गोरखापत्र वस्तुगत : २०८२ माघ २८

१. साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ? उत्तर: भारतउपविजेता : बङ्गलादेशसञ्चालन मिति : २०८२ माघ १७–२४सहभागी टोली : चार (नेपाल, भारत, बङ्गलादेश, भुटान)पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा विसं २०८२ माघ २४ मा सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अख्तरले पाएकी छिन्।उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ।२. अरनिको युवा कला पुरस्कार, २०८२ बाट कसलाई सम्मान गरिएको छ ? उत्तर: सुरेम देशारयो पुरस्कार विसं २०८२ माघ २३ गते प्रदान गरिएको हो।पुरस्कार : ५० हजार रुपैयाँसहित सम्मानपत्र३. अभिनेता सुनील थापाको निधन कहिले भएको थियो ? उत्तर: विसं २०८२ माघ २४ (६८ वर्ष)४. इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ जित्न सफल नेपाली इन्स्योरेन्स कम्पनी कुन हो ? उत्तर: सूर्यज्योति लाइफ इन्स्योरेन्सअवार्डको छैटौँ संस्करण अन्तर्गत ६ फेब्रुअरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाइल्यान्डको बैङ्ककमा आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ मा सूर्यज्योति लाइफले बेस्ट इनोभेसन लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरेटेक–नेपाल विधामा अवार्ड हासिल गर्न सफल भएको हो।विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रियबिमाविज्ञलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सूचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।५. नेपाल बिमा प्राधिकरणको पहिलो महिला अध्यक्ष को हुन् ? उत्तर: चन्द्रकला पौडेलविसं २०८२ माघ १३ गतेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो।६. विश्व क्यान्सर दिवस कहिले मनाइने गरिन्छ ? उत्तर: फेब्रुअरी ४सन् २०२६ को थिम : युनाइटेड बाइ युनिकयो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ।सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’ बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष करिब ९० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ।७. छोरी बिमा कार्यक्रम मधेश प्रदेशले सुरु गरेको हो भने बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम कुन प्रदेशले सुरु गरेको हो ? उत्तर: कर्णाली प्रदेश८. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ? उत्तर: ९६.८५ प्रतिशतत्यस्तै सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ।९. अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भएको हो ? उत्तर: सन् २०२४ जुन ७१०. मधेश प्रदेश सरकारले नागरिक घरधुरी बिमा कहिलेदेखि सुरु गरेको हो ? उत्तर: विसं २०८२ साउन १११. ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका कति प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच विस्तार भएको छ ? उत्तर: ८२ प्रतिशतराष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०८२ माघ २६ मा सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको जनाइएको छ।नेपालका घरधुरी र विभिन्न उमेर समूहका व्यक्तिबिच स्मार्टफोन र इन्टरनेटको पहुँच उच्च रहे पनि प्राविधिक सिप र डिजिटल साक्षरताको स्थिति अत्यन्तै कमजोर पाइएको।व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप, ट्याबलेट) को स्वामित्व भने १६.८ प्रतिशतमा सीमित रहेको छ।सर्वेक्षण अनुसार डेटा व्यवस्थापन र व्यावसायिक कार्यका लागि आधारभूत मानिने स्प्रेडासिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसङ्ख्या १०.२ प्रतिशत मात्र रहेको। कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसङ्ख्या त झनै कम ३.१ र डकुमेन्ट वा डिभाइसबिच तथ्याङ्क वा सामग्री कपि पेस्ट गर्न सक्ने २४.२ प्रतिशत रहेका छन्।यसले मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाली अगाडि रहे पनि सफ्टवेयर निर्माण र उच्च प्राविधिक जनशक्ति उत्पादनमा पछाडि रहेको सङ्केत गर्छ। पेनड्राइभ, क्यामेरा वा प्रिन्टर जस्ता डिभाइस जडान गर्न जान्नेहरू ९.३ प्रतिशत मात्रै छन् भने इलेक्ट्रोनिक प्रेजेन्टेसन बनाउन जान्नेहरूको हिस्सा १७.६ प्रतिशत रहेका छन्।१२. नेपालको कुन ठाउँमा कृषि आनुवंशिक केन्द्र (जीन बैङ्क) स्थापना गरिएको छ ? उत्तर: ललितपुरको खुमलटारजिन बैङ्कको स्थापनासँगै लोप हुने खतरामा रहेका विभिन्न जातका बिउ संरक्षण हुने छ।१३. सिम्बायोटिक लिङ्क भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ? उत्तर: इन्डो–प्यासिफिक क्षेत्र१४. ‘ग्लोबल एआई एडप्सन इन २०२५ अ वाइडनिङ डिजिटल डिभाइड’ नामक प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका छन् ? उत्तर: करिब १३ प्रतिशतविश्वभर आर्थिक र सामाजिक गतिविधिको केन्द्रमा एआई प्रवेश गरिरहेका बेला नेपाललगायतका विकासोन्मुख देश भने यसको प्रयोगमा पछाडि पर्दै गएको प्रतिवेदनले देखाएको छ।प्रतिवेदन अनुसार ‘एआई डिफ्युजन’ अर्थात् एआई प्रयोगको विश्वव्यापी विस्तारमा १४७ देशमध्ये नेपाल ७६ औँ स्थानमा रहेको छ।प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको करिब १३ प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका छन्। सन् २०२५ को सुरुवातको तुलनामा प्रयोग केही बढेको भए पनि एआई प्रविधि शिक्षा, व्यवसाय र सार्वजनिक सेवामा गहिरो रूपमा समावेश गरिसकेका देशहरूसँग तुलना गर्दा नेपाल अझै पछाडि देखिन्छ।संयुक्त अरब इमिरेट्स (युएई) एआई प्रयोगमा विश्वकै अग्रस्थानमा छ। सूचीमा भारत ६४ औँ र चीन ६१ औँ स्थानमा छन्। दक्षिण एसियाली देशमध्ये भुटान र माल्दिभ्स भने सूचीमै छैनन्।अमेरिका २४ औँ स्थानमा छ भने सिङ्गापुरलगायत केही विकसित देशमा एआई प्रयोगको दर नेपालभन्दा धेरै गुणा बढी छ।१५. फोर्ब्सको नयाँ तथ्याङ्क अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को रहेका छन् ? उत्तर: एलन मस्कविश्व प्रसिद्ध अमेरिकी आर्थिक म्यागेजिन फोर्ब्सका अनुसार, मस्कको कुल सम्पत्ति अहिले ८५० बिलियन डलर (करिब ११३ लाख करोड नेपाली रुपैयाँ) को ऐतिहासिक उचाइमा पुगेको छ।मस्कको एक्लो नेटवर्थ नेपालको मात्र होइन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश जस्ता दक्षिण एसियाली मुलुकको कुल अर्थतन्त्र जोड्दा हुने रकमभन्दा पनि धेरै रहेको।मस्कले एकै दिनमा मात्रै ८४ बिलियन डलर थपेर इतिहासकै सबैभन्दा धनी व्यक्तिको कीर्तिमान रचेका हुन्।फोर्ब्सका अनुसार, मस्कको यो चामत्कारिक छलाङको मुख्य कारण उनको रकेट कम्पनी ‘स्पेसएक्स’ ले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एक्सएआई’ लाई खरिद गर्नु हो। पहिले दुई अलग अस्तित्वमा रहेका यी कम्पनी गाभिएर अहिले १.२५ ट्रिलियन डलरको एउटै कम्पनी बनेको छ।अक्टोबर २०२५ सम्म ५०० बिलियन डलरको आँकडामा रहेका उनी डिसेम्बरको मध्यतिर ६०० बिलियन, डिसेम्बर १९ मा ७०० बिलियन र अहिले जनवरी २०२६ सम्म आइपुग्दा ८५० बिलियन डलरको शिखरमा पुगेका छन्।१६. सन् २०२५ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने व्यक्ति को–को हुन् ? उत्तर: जोएल मोकिर (नेदरल्यान्ड्स), फिलिप अघिअन (फ्रान्स) र पिटर होविट (क्यानडा)१७. नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ? उत्तर: विसं २०६७ भदौ २८१८. नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको वनस्पति कुन हो ? उत्तर: चिराइतो१९. गोरखापत्र कहिलेदेखि प्रकाशित हुन थालेको हो ? उत्तर: विसं १९५८ वैशाख २४श्री ३ देवशमशेरले प्रकाशन प्रारम्भ गरेको ‘गोरखापत्र’ साप्ताहिक रूपमा विसं १९५८ को वैशाख २४ गते प्रकाशित भएको हो।गोरखापत्रले विभिन्न आरोहअवरोह खेप्दै १२५ वर्षदेखि अनवरत रूपमा प्रकाशित हुँदै आएको छ।प्रकाशन आरम्भ (क) विसं १९५८ वैशाख २४ (साप्ताहिक रूपमा) सोमबार (ख) विसं १९९१ वैशाख ९ देखि प्रत्येक हप्ताको शुक्रबार प्रकाशितपहिलो तस्बिर विसं १९८४ वैशाख १३ गते प्रकाशित वीरगन्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर – पहिलो विशेषाङ्क – विसं १९९८ भदौ १७ उद्याङ्क।अर्ध साप्ताहिकको आरम्भ–विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशित।सातामा तीन पटक विसं २००३ पुस ८ गतेदेखि प्रकाशित।दैनिक प्रकाशन आरम्भ – २०१७ फागुन ७ गतेबाट।शनिबारीय परिशिष्टाङ्कको थालनी–विसं २०१९ असार ९ गतेदेखि।सायङ्कालीन प्रकाशन विसं २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म बिहान र साँझ दिनमा दुई पटक प्रकाशित।रमाइलो शुक्रबार प्रकाशन आरम्भ–विसं २०४५ भदौ महिनादेखि चारपेजी अतिरिक्त अङ्क प्रकाशन।विसं २०५७ को वैशाख २४ गतेको प्रकाशनसँगै एक सय वर्ष अर्थात् शताब्दी प्रवेश।‘स्टप दी’ प्रेस–पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको समाचार।गोरखापत्रका सम्पादकगोरखापत्रको तालुकवालको रूपमा पहिलो पटक पं. नरदेव पाण्डेय रहनुभयो।व्यवस्थापकीय भूमिका रहने दोस्रो तालुकवालको रूपमा विसं १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकियो।

Feb 11, 2026 Read Article →